You are currently viewing वीरगञ्जका मेयर विजय सरावगी एमालेमा प्रवेश !

वीरगञ्जका मेयर विजय सरावगी एमालेमा प्रवेश !

शनिबार वीरगञ्जमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई एमालेमा स्वागत गरेका छन्। उनी जनता समाजवादी पार्टी (जसपा) छोडेर एमालेमा प्रवेश गरेका हुन्।

एमालेमा प्रवेश गरेका मेयर सरावगीले जसपाभित्र देखिएको जातीय राजनीतिको कारणले पार्टी परित्याग गरेको बताएका छन्। उनले जातिवादी चिन्तनबाट ग्रस्त रहेको पार्टी राष्ट्रिय पार्टी बन्न सक्ने जिकिर गरे। सरावगीले भने, “आफुलाई राष्ट्रिय पार्टी भन्छन् जातिवादी चिन्तनबाट ग्रसित छन्।

उनी २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए। उनले १९ हजार ३९३ मत पाएका थिए।

उनका निकटतम प्रतिद्वन्द्वि राष्ट्रिय जनता पार्टी (राजपा) का राजेशमान सिंहले १२ हजार १६५ मत पाएका थिए। त्यस्तै, लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले ८ हजार ७०१, एमालेका बसरुद्धीन अंसारीले ८ हजार ६८८ र नेकपा (माओवादी केन्द्र) का रहवर अन्सारीले ८ हजार ३०५ पाएका थिए।

उपमेयरमा भने कांग्रेसकी शान्ति कार्की १९ हजार ६०७ मत पाएर विजयी भएकी थिइन्।
थप सामग्री : https://www.himalkhabar.com/news/128794

Leave a Reply