कोभिडकालमा जनताको जीवनको रक्षाकालागि बीरगंज महानगरपालिकाले १२ करोड रुपौय खर्चेर काम गरेको महानगरप्रमुख बिजय कुमार सरावगीले बताउनु भएको छ । वीरगञ्ज मा.न.पा २५ सिर्सिया ड्राईपोर्टमा आयोजित सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले यस्तो बताउनु भएको हो । उहाँले जनताको जीवन रक्षाकोलागि कोभिडकालमा ज्यानको प्रवाह नगरि खटेकोलले अहिले कोही कोही चुनाव जिते हत्कडी लगाउछु भन्दै बर्बराउन थालेका छन भन्नु भयो ।
बिकास, समृद्धि र जनताको जीवन सहज बनाउने उनीहरुको उद्धेश्य होइन त्यसैले हत्कडीको कुरा गर्छन । उहाँले भन्नु भयो ‘मेयर वा राजनीतिक मान्छेले हत्कडी लगाउन पाउदैन त्यस्तो कार्यबिधि पनि छैन हत्कडी लगाउने रहर छ भने हत्कडी बोक्ने हैसियत हुनु पर्छ त्यसकोलागि राजनीतिमा होइन पुलीसमा भर्ति हुन जानु बेस हो’ । वीरगञ्जमा आफू निर्वाचित भएर आएपछि स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार, सरसफाई जस्ता विकास कार्यलाई दु्रतगतिमा अगाडि बढाई वीरगञ्जवासीको जीवनलाई सहज, सुलभ बनाउने प्रयास गरेकै कारण अहिले केहि तत्वहरु आफूलाई हत्कडी लगाउने धम्की दिँदै हिँडेको बताउनुभयो।
संघ सरकारले औषधी उपचारको ब्यवस्था गर्ने प्रदेश सरकारले अस्पतालको ब्यवस्था गर्ने र स्थानीय सरकारले क्वारेन्टिन ब्यवस्थापनको जिम्मेवारी संघ सरकारले तोकेको स्मरण गर्दै प्रमुख सरावगीले प्रदेश सरकारले अस्पताल नबनाएपछि गण्डक अस्पताल भाडामा लिएर कोभिड अस्पतालको रुपमा संचालन गरेको स्मरण गर्नु भयो । उहाँले वीरगञ्जवासीको लागि स्वास्थ्य व्यवस्थालाई चुस्तदुरुस्त बनाउनुको साथै स्वास्थ्य संस्था सम्म जान नसक्ने वृद्धवृद्धा, गर्भवती , तथा सुत्केरी महिला ९ मेयर स्वास्थ्य घरदैलो अभियान अन्तर्गत सेवा प्रदान गरेको जिकिर गर्दै जस्तो सुकै अवस्थाको सृजना भएपनि जनताको पक्षमा काम गर्न आफू पछि नपर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । उहाँले राजनीतिमा छाडापन बढेको चर्चा गदै छद्मभेषीसंग सजग रहनु पर्नेमा जोड दिनु भयो ।
उहाँले राजनीतिको खोल ओडेर बाउन्सरिङ गर्ने गुण्डागर्दी गर्दै हिँड्दै गरेको आरोप लगाउनु भयो । वीरगञ्जको विकास गर्न एमालेको सरकार आवश्यक रहेको वीरगञ्जका मेयर बिजय सरावगीले बताउनु भएको छ । वीरगञ्जको विकासको सपनालाई साकार पार्न आफू एमालेमा प्रवेश गरेको बताउँदै प्रमुख सरावगीले जसपा भित्र काम गर्ने वातावरण नभएका कारण आफूले एमालेको रोजेको पनि बताउनुभयो हो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, प्रदेश सदस्य शम्भु गुप्ता, वडा नं. २५ का वडाध्यक्ष बिसराम राउत कुर्मी, सन्जु छतकुली, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, लगायतकाले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।