वीरगंज १० मा आज पनि नेकपा एमालेले घर दैलो कार्यक्रम गरेको छ । मेयर बिजय सरावगी ,वडा अध्यक्षका उम्मेदवार अजय कुमार गुप्ता सहित हजरौं नेता कार्यकर्ताको उपस्थितीमा घर दैलो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार अजय कुमार गुप्ता, मेयर बिजय सरावगीले घर घरमा पुगी मतदाता संग मत मागेको थिए । वीरगंजको बिकाश गर्न एमालेको सरकार आवश्यक पर्ने भएकोले सुर्यमा मतदान गरी वडा देखि मेयर सम्म एमालेका उम्मेदवारलाई जिताउन उहाँहरुले आग्रह गरेका थिए । घरदैलोमा युवा देखि वृद्ध,वृद्धा सम्मको सहभागिता थियो ।
