You are currently viewing एमाले वीरगञ्जमा प्रवेशको लहर , सरावगीले गरे स्वागत

एमाले वीरगञ्जमा प्रवेशको लहर , सरावगीले गरे स्वागत

वीरगञ्ज ५ बैशाख : वीरगञ्जमा विभिन्न पार्टीका दर्जनैें नेता तथा कार्यकताहरु आज एमाले प्रवेश गरेका छन। नवप्रवेश नेताहरुलाई मेयर बिजय कुमार सरावगी, प्रदेश कमिटी सदस्य बिचारी यादवले फुलमाला लगाई स्वागत गरेका थिए । नव प्रवेशी नेताहरुले जसपा क्षेत्र नम्बर २ का क्षत्रीय उपाध्यक्ष मुसैलीका असर्फी साह कानु ,लोसपा जिल्ला सदस्य राजकुमार कानु ,भरत यादव ,उमेश साह बिस्वनाथ महतो, जगरनाथ ठाकुर लगायतका कार्यकताहरु पार्टी परित्याग आज नेकपा एमाले प्रवेश गरेका छ । यसैगरी वीरगञ्ज ४ मा नेकपा एमालेको सम्र्पक कार्यालयले आयोजना गरेको पार्टी प्रवेश कायाक्रम सम्पन्न भएको छ । कार्यालयका प्रमुख अथिति रहेका वीरगञ्जका मेयर बिजय कुमार सरावगीले नवप्रवेश नेता तथा कार्यकताहरु फुलमाला लगाई स्वागत गरेका थिए ।

Leave a Reply