पर्सा । वीरगन्जका मेयर विजय कुमार सरावगीले जनता समाजवादी पार्टी (जसपा) मा राक्षसी प्रबृद्धिका व्यक्ति हाबी हुदै गएका कारण सज्जन व्यक्ति जसपा छोड्दै गएको आरोप लगाउँनु भएको छ । चुनावी अभियान अन्तरगर्त वीरगन्ज २५ सिर्सियामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सरावगी भने, ‘जुन पार्टीमा बाउन्सर, गुण्डा हाबी हुन्छ त्यो पार्टी कहिले पनि प्रगतिको मार्ग तर्फ अगाडी बढ्दैन ।’
मेयर सरावगीले जसपाका अहिले बाउन्सर र गुण्डा हाबी रहेका छन, चुनावमा विकासको कुरा गरेर भोट माग्नुपर्ने ठाउँमा दादागिरी, गुण्डागर्दी जस्ता अशब्द भाषा प्रयोग गरीरहेको आरोप समेत लगाए । विकासको कुरा नगरेर आफूलाई हतकडी लगाउँने धम्की दिईरहेको बताउँदै मेयर सरावगीले भने, ‘तपाई जज हो कि पुलिस हो ? होईन भने हिला पुलिस बनेर आउँनुस् यदी म गल्ती गरेको छु भने स्वयं हतकडी लगाउँन तयार छु होईन भने जनतलाई भ्रमित बनाउँने काम नगर्नुस्, दादागिरी र गुण्डागर्दीको कुरा यहाँ चल्दैन् ।’
वीरगन्जलाई विकास र समृद्धिको मार्ग तर्फ लैजानु छ भने, दादागिरी र गुण्डागर्दीको कुरा गर्नेलाई जनताले तह लगाउँनु पर्छ उहाले भन्नुभयो । हिजो मधेसवादी दलबाट एमालेमा प्रवेश गरेका नेतालाई एमालेको गर्मी सहन नसकेर पुन छाताको सहारा लिनुपरेको समेत खुलाए । अब सूर्यको ताप बढेपछि गोरो छाला कालो हुन्छ नै त्यही भएर आफनो गोरो छाला बचाउँन छाताको सहारा लिएको आरोप समेत उहाले लगाउँनु भयो ।
नेकपा एमालेको सरकार बन्ने निश्चित रहेको बताउँदै उहाले एमालेको सूर्य छापमा मतदान गरी भारी बहुमतले विजय गराएर बाउँन्सर र गुण्डालाई तह लगाउँन आग्रह समेत गर्नुभयो । मलाई मेयर बनाएको दावी गर्नेले आफनो श्रीमतीलाई किन जिताउँन सकेन ? विपक्षीलाई प्रश्न गर्दै मेयर सरावगीले भने, जनताको मतले आफू विजयी भएर मेयर चुनिएको हो कुनै एक व्यक्तिको आर्शिवादले होईन ।
अर्को प्रसंगमा मेयर सरावगीले वीरगन्ज महानगरको विकासमा कुनै कमि नभएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, महानगरको विकासमा अहिले पनि केहि कामहरु बाँकी नै रहेको हुनाले आउँने चुनावीमा आफूलाई विजयी गराए विकासको गतिलाई अगाडी बढाउँने छौ । प्रत्येक गाउँवडामा पिस, ढलान, नाला, विजुलीपत्ती, खानेपानीको विकास गरेका छौ, केहि ठाउँमा अब पनि बाँकी रहेको छ ।
स्मार्ट वीरगन्ज बनाउँने अवधारणा अन्तरर्गत महानगरक्षेत्रमा स्मार्ट बत्ती जडान गरेको, नगरपालिका धाउँने झनझट हटाउँदै आउँने दिनमा नक्सापास, राजश्व बुझाउँने लगायत सम्पूर्ण कामकाज वडा स्तरबाट नै सुरुवात गर्ने योजना बनाएको छौ, एमाले जिते बृद्धभत्तामा बृद्धि गर्ने योजना रहेको छ, एडिभीको सहयोगमा ४ हजार करोडको विकासको योजना बनाएको छौ, श्रीरिसिया कोरिडोर बनाउँने, महानगरको क्षेत्रलाई डुबानबाट बचाउँन ४१ करोडको लागतमा भेडाहा खोलामा बाँध बनाउँने सम्झौता समेत भएको छ, आउँने १५ दिनभित्र योजना लागु हुने समेत उहाले बताउँनु भयो ।
पार्टी प्रवेश कार्यक्रममा जसपा लगायत विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको सैयों नेता कार्यकर्तालाई मेयर सरावगी लगायत एमालेका जिल्ला अध्यक्ष प्रभु हजरा, नेता शम्भु प्रसाद गुप्ता लगायतका नेताहरुले भव्य रुपमा स्वागत तथा सम्मान गरेका थिए ।