You are currently viewing कोरोना नियन्त्रणका नमूना मोडेल

कोरोना नियन्त्रणका नमूना मोडेल

कोरोना महामारी आज विश्वकै लागि एउटा गम्भीर स्वास्थ्य संकटको रुपमा देखा परेको छ । कोरोना लहरका कारण विश्व नै अस्तव्यस्त भइरहेको बेलामा नेपालजस्तो सीमित स्रोत साधन भएको देश, त्यसमा पनि भारतसितको मुख्य नाकामा रहेको वीरगन्जका लागि यसको नियन्त्रण अत्यन्तै चुनौतीको विषय थियो । तर, वीरगन्ज महानगरले कोरोना महामारी नियन्त्रण कार्यलाई मुख्य प्राथमिकतामा राखी चालेको कदम देशकै लागि नमूना बन्न पुग्यो । २०७७ चैत २९ गते वीरगन्जको छपकैयामा बसेका तीन जनामा कोरोना संक्रमण देखापरेपछि यसले वीरगन्जमा एकखालको त्रास फैलायो । नया स्वरुपको भाईरस र यसको कुनैपनि उपचार सम्भव नरहेको कोरोना संक्रमणको नेपाल सरकारले संक्रमण नियन्त्रण र व्यावस्थापनको मोडेलमा समेत अन्योलन देखियो । नेपाल प्रवेश गर्नेहरूका लागि सीमानाकामा परीक्षण गर्ने र होल्डिङ्ग गर्नका लागि क्वारेन्टिनको व्यावस्थापनको विषयमा संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारी कस्को हो भन्ने अन्योल भयो ।
विस्तारै वीरगञ्ज उच्च जोखिममा प¥यो । वीरगन्ज महानगरपालिकाले कोरोना संक्रमणलाई नियन्त्रण गर्दै सर्वसाधारणलाई स्वास्थ्य उपचारमा सहज पहुच पु¥याउन महत्वपूर्ण भूमिका खेलेको छ । महानगरपालिकाले कोेरोना भाईरस संक्रमण फैलिन नदिन अपनाएको मोडल नेपालकै नमूना बनेको छ । भारतको सीमामा कडा निगरानी गर्दै वीरगञ्जको शंकरचार्य प्रवेशद्वारमा हेल्थ डेक्सको स्थापना गरी सिमापारीबाट आउनेहरूको परीक्षणलाई प्रभावकारी बनाएर संक्रमण नियन्त्रण प्रभावकारी बनाईएको थियो । संक्रमण समुदायमा फैलिन थालेपछि विभिन्न स्थानहरू सिल गरेर संक्रमण फैलिन रोक्ने कामहरू भए । त्यसपछि समुदाय स्तरमा संक्रमणको आरडीटी प्रविधिबाट तत्कालै परीक्षण सुरु गरिएको थियो ।

Leave a Reply