You are currently viewing बालमैत्री महानगर अभियान

बालमैत्री महानगर अभियान

महानगरपालिकालाई बालमैत्री घोषणा गर्नका लागि कार्यक्रमहरू शुरु गरेर सबै वडाहरूमा सामुदाय स्तरीय र वडा स्तरीय गरी १३४ वटा बाल क्लब गठन गरिएको र महानगर बाल संजाल समेत गठन गएिको छ । बाल क्लबहरूलाई बालमैत्री स्थानीय शासनबारे अभिमूखिकरण कार्यक्रमको समेत सम्पन्न गरिएको छ । महानगरपालिकाको वडा नं ३१ बेल्वामा बालमैत्री स्थानीय शासनका सबै ३९ सूचकमा द्रुत गतिमा काम गरी सूचक प्राप्तिका साथै सरोकारवालाहरूसंग अनुगमन गराई २०७४ चैतमा संघीयता पश्चात मधेश प्रदेशकै पहिलो बालमैत्री वडा घोषणा गरियो । बालमैत्री सूचक प्राप्त गर्न विभिन्न गतिविधि÷तालिम÷जनचेतना, बाल क्लब, वडा कार्यालय तथा जन प्रतिनिधि समेतलाई प्रदान गरिएको छ ।
तात्कालिन सूचक प्राप्तिको लागी कार्य गर्दै जादा संरक्षणको सूचक प्राप्त गर्न निकै कठीनाई अर्थात निकष्ट प्रयासले श्रम÷जोखिम वा बाल बालिकाहरूलाई जोखिमबाट बचाई बाल अधिकार संरक्षण गर्न बाल हेल्प लाईनको आवश्यकता महसुस गरी मधेशप्रदेशको पहिलो बाल हेल्प लाईन संचालनमा ल्याइएको छ । वीरगञ्ज महानगरपालिका र आवर संसार नेपाल संस्थाको सहकार्यमा वीरगञ्ज ३ छपकैयमा २०७६ भाद्र २९ सञ्चालनमा ल्याइएको छ ।

Leave a Reply