You are currently viewing बढ्दै स्वास्थ्य पूर्वाधार, घरघरमै उपचार !

बढ्दै स्वास्थ्य पूर्वाधार, घरघरमै उपचार !

जनस्वास्थ्य वीरगन्ज महानगरपालिकाको मुख्य सरोकार हो । स्वस्थ्य नागरिक विना दक्ष मानव पूजी निर्माण हुन सक्दैन । दक्षता प्राप्त जनशक्तिको अभावमा विकासको कल्पना गर्न सकिन्न । महानगरले स्वास्थ्य र योसंग प्रत्यक्ष सरोकार राख्ने पोषणलाई विशेष प्राथमिकतामा राखेर आफ्ना योजनाहरू अघि बढाएको छ । स्वास्थ उपचार सेवालाई प्रभावकारी बनाउन महानगरपालिकाले विभिन्न पूर्वधार निर्माणदेखि विभिन्न कल्याणकारी योजना ल्याएको छ । महानगरका ग्रामीण वडाहरूमा स्वास्थ्य उपचारका पूर्वाधार बनेका छन् । जसका कारण वीरगन्जको नारायणी अस्पतालमा यसअघि दैनिक १२ सय बिरामी उपचारको लागि आउने गरेकोमा अहिले त्यो संख्या ६०० मा झरेको छ । महानगरको ग्रामिण भेगमा रहेका महिलाका लागि ग्रामिण क्षेत्रमा थप ५ वटा वर्थिङ्ग सेन्टर स्थापना गरिएको छ । नगरवासीलाई स्वास्थ्य उपचार सेवा घरमै प्रदान गर्न वीरगन्ज महानगरपालिकाले सुरक्षित मातृत्व र ज्येष्ठ नागरिकको स्वास्थ्यका लागि मेयर घरदैलो स्वास्थ्य कार्यक्रम सुरू गरेको छ । जेष्ठ नागरिक, गर्भवती तथा सत्केरी महिलालाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउन महानगरपालिकाले माघ १७ गतेदेखी मेयर घरदैलो स्वास्थ्य कार्यक्रम सुरु गरेको हो । स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र वा अस्पतालसम्म जान नसकिने ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलालाई घरमै प्रदान स्वास्थ्य उपचार गर्न महानगरपालिकाले कार्यक्रम सुरु गरेको हो । महानगरपालिकाले पहिलो चरणमा वीरगञ्ज महानगरपालिकाको वडा नं. १ देखि १६ नं. वडामा रहेका जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलालाई घरमै पुगी स्वास्थ्य परीक्षण, परामर्शसँगै निःशुल्क औषधीसमेत वितरण गरिएको छ ।

Leave a Reply