१५÷२० वर्षअघिको वीरगन्ज र अहिलेको तुलना गरेर हेर्नुहोस् धेरै परिवर्तन देख्न सक्नुहुन्छ । यो ५ वर्षको अवधिमा वीरगन्जको विकासमा करिव ९ अर्ब रुपैया खर्च भएको छ । यही अवधिमा एशियाली विकास बैकको प्रोजेक्ट पुरा भएको छ । ५ बर्ष अघि महानगरपालिको तर्फबाट व्यर्होनु पर्ने १६ प्रतिशत रकम उपलब्ध गराउन नसक्दा प्रोजेक्ट बन्द हुने अवस्थामा पुगेको थियो । त्यसको स्रोत सुनिश्चित गरेर काम अगाडि बढाएको कारण आज एडीबीको प्रोजेक्ट पूरा भयो । त्यसैगरी फोहोरमैला व्यवस्थापनको काममा ठूलो उपलब्धी भएको छ । यसअघि वीरगन्जका विभिन्न चोक र गल्लीहरूमा फोहोरको थुप्रो लाग्ने गथ्र्यो । नेपालको प्रवेश द्वार शङ्कराचार्य गेटमा हुने फोहोर बिसर्जन अब महानगरको ल्याण्डफिल साइटमा भइरहेको छ । फोहोरसंग अस्तातालजन्य फोहोर पनि आउछन् । त्यसको व्यवस्थापनको लागि बेग्लै स्थानमा लगेर निर्मलीकरण गरेका छौं । यसका लागि “ग्रिन हस्पिटल बेस्ट म्यानेजमेन्ट प्लान्ट” बनेको छ । सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको छ । छात्राको संख्यामा पनि उल्लेख्य बृद्धि भएको छ । विद्यालय बाहिर रहेका बालबालिका पनि विद्यालय भर्ना भएका छन् । स्वास्थ्यमा हामीकहा जम्मा २२ स्वास्थ्य चौकी थिए । कुनै पनि दुरुस्त थिएनन् । अहिले ३२ वटै वडामा स्वास्थ्य चौकी र तीन ठाउमा बर्थिङ सन्ेटर सञ्चालनमा ल्याइएको छ । थप पा“च स्थानमा बर्थिङ सेन्टर निर्माणको काम भई रहेको छ । ग्रामीण वडाका गर्भवती महिलाले घरमै बच्चा जन्माउने बाध्यताको अन्त्य भएको छ । स्वास्थ्य चौकीमा आएका गर्भवती र सुत्केरीलाई पौष्टिक आहार वितरण गरिएको छ । कम तौलको बच्चालाई सर्वोत्तम पिठो दिएका छौं । बृद्धबृद्धा, गर्भवती सुत्केरी महिलाहरूलाई लक्षित गरेर मेयर घरदैलौं स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । उनीहरूको ब्लडप्रेसर, सुगर परीक्षण गराएर स्वास्थ्य चौकी वा अस्पतालमा निःशुल्क उपचार र औषधी दिएका छौं ।
वीरगन्ज महानगरलाई पूर्ण खोप महानगर घोषणा गरिएको छ । उज्यालो वीरगन्ज अभियानअन्तर्गत २४ करोडको लागतमा १४ हजार एलइडी लाइट लगाउने काम गरिएको छ । २०० कि.मी. पीच, ढलाई र ग्राभेल सडक नया निर्माण भएको छन् । यस अवधिमा साना र ठूला गरी १ सय ५० वटा नाला निर्माण भएका छन । धेरै ठाउमा कल्भटहरू निर्माण भएका कारण आवागमनमा सहज भएको छ । वर्षेनी भेडाहा खोलाका कारण वीरगन्ज डुबानमा पर्ने अवस्था छ । भेडाहाको पानी सिर्सियामा पसेर वीरगन्जमा डुबान हुन्थ्यो । ग्रामीण क्षेत्रमा वडा नं २७ देखि ३२ सम्म ५ ओटा वडामा यो समस्या बढी थियो । यसका लागि ४१ करोडको तटबन्ध निर्माणको योजना कार्यान्वयनको चरणमा छ । अत्याधुनिक बस पार्क, पार्किडको व्यवस्था भएको छ । ६ हजार बृद्धबृद्धा असहायलाई जाडोमा कम्बल, २ हजार चापाकल र १५ सय ग्यास र चुलो वितरण गरिएको छ । महिला सशक्तीकरण र रोजगारका लागि ५ हजार जनालाई तालिम दिएर स्वरोजगार बन्ने अवस्था सृजना गरिएको छ ।