कोरोना नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाको आन्तरिक स्रोतबाट १२ करोड रुपैयँ खर्च ग¥यौं । वीरगन्ज मात्र होइन, पर्सादेखि महोत्तरी जिल्ला सम्मका संक्रमितहरूलाई उपचार गराइयो । अढाइ वर्षदेखि सीमानामा हेल्थ डेक्स सन्चालन गरेका छौं । स्रोत र जनशक्तिको कमी भएर पनि राम्ररी चलेको छ । कोरोना महामारी उत्कर्षमा रहदा सीमानामा परीक्षण गरी संक्रमितको पहिचानमा यसले निकै राम्रो काम गरेको छ । अधिकांश संक्रमित भारतीय हुन्थे उनीहरूलाई उतै फर्काउने र नेपालका संक्रमितलाई सुरक्षित आइसोलेसनमा पठाउने काम भयो । घरघरमा पुगेर टेस्ट गर्ने काम गरियो । वीरगन्ज महानगरपालिका र निजी क्षेत्रको सहयोगमा वीरगन्जमा पीसीआर मेसिन खरिद गरी नारायणी अस्पताललाई हस्तान्तरण गरियो । २० हजारभन्दा बढी टेस्ट गरेका थियौं । खोप कार्यक्रम सफलतापूर्वक गरेका छौं ।

कोरोना नियन्त्रणमा हाम्रो भूमिका !
- Post author:vijay
- Post published:April 24, 2022
- Post category:गतिविधि / योजना / विगत
- Post comments:0 Comments