गर्नुपर्ने थुप्रै कामहरू छन तर सीमित स्रोत साधानको कारण चाहेर पनि केही महत्वपूण काम गर्न सकिएको छैन् । हामी निर्वाचित भएर आउदा वीरगन्ज महानगरपालिका ३६ करोड रुपैया ऋणमा थियो । कर्मचारीको अभाव थियो, अहिले पनि सातांै तहको इन्जिनियरबाट योजनाको काम गराएका छौं । शहरीकरणका लागि टाउन प्लानर चाहिन्छ हामीसँग केही छैन । वीरगञ्जको शहरीकरणको डिजाइन बनाउन सहरी विकास मन्त्रालयमा पत्र लेख्दा पनि मद्दत पाइएन । तापनि, यातायात र ल्याण्ड युजको योजना बनाएको छु । वीरगञ्ज महानगरपालिकाको आवधिक योजना वनाईएको छ । वीरगञ्जको विकासको एउटा खाका बानिसकेको छ । त्यसैलाई टेकेर अब आउने जनप्रतिनिधिले काम गर्न सक्छन् । म आए पनि नआए पनि भोलि जो आउँछ, उसलाई म सघाउँछु । वीरगञ्जलाई सुन्दर सहर बनाउने आशा र आवश्यकता छ । हामीले यहाँका सबै बासिन्दालाई सबैखालको सुविधा दिनु पर्दछ । अब पुरानो वीरगञ्जमा मात्र यो सम्भव छैन । आईसीपी र ड्राईर्पोट बिचका जग्गाहरूलाई जोडेर नयाँ वीरगञ्ज बनाउनु पर्दछ । नयाँ ठाउँमा व्यवस्थित पूर्वाधार लैजानु पर्दछ । ट्रान्सपोर्ट नगरको काम हुन सकेको छैन, जो अति आवश्यक छ । आईसीपी ड्राईर्पोट बिचको ६२ विगाह जग्गाामा यो बनाउनु पर्दछ । त्यसका लागि पनि प्रस्ताव लैजाँदै छौं । वीरगञ्जका लागि गर्नुपर्ने थुप्रै काम छन् , नारायणी अस्पताल व्यवस्थित भए पनि नयाँ पूर्वाधारमा ३ वर्षदेखि काम हुन सकेको छैन । स्वास्थ्य उपचार घरघरमा पाउने व्यवस्था दिनु पर्दछ । स्वास्थ्यको लागि स्वच्छ वातावरण चाहिन्छ । हरियाली वीरगन्जको ३ करोड ३० लाखको योजना ल्याइएको थियो । टेण्डर पनि भयो, तर कोभीडका कारण समयमा काम हुन नसक्दा संघीय सरकारले ठेक्काको म्याद थप गरेपनि रकम निकासा हुन नसक्दा काम हुन सकेन ।

महानगरमा गर्ननसकेका र गर्न बाँकी कामहरु !
- Post author:vijay
- Post published:April 24, 2022
- Post category:कार्यनीति / गतिविधि / योजना / विगत
- Post comments:0 Comments