You are currently viewing पूर्वाधारः वीरगन्ज विकासको आधार !

पूर्वाधारः वीरगन्ज विकासको आधार !

महानगरका सबै वडाहरू पक्की तथा ग्राभेल सडक संजालबाट जोडिएको छ । महानगर क्षेत्रभित्र २०० कि.मी. कालोपत्रे सडक, १२० कि.मी. ग्राभेल सडक निर्माण सम्पन्न भएको छ । कच्ची सडक १९५ किमी रहेको छ । सबै वडाहरू सडक सञ्जालले छोएको छ । नगरमा १० वटा पक्की र ४ वटा झोलुङ्गे पुल रहेका छन् । करीब ८० किमी सडकमा नालाको व्यवस्था गरिएको छ । सडकको मापडण्ड ४ मी. ३ मी. र ६ मी. चौडाई कायम गरिएको छ । भारतको सीमावर्ती शहर रक्सौलसंग जोडिएको यस नगर संघीय सरकारको वाणिज्यद्वारको रुपमा समेत रहेको छ । महानगरपालिकाका शहरी वडाहरूमा भूकम्प प्रतिरोधी मापदण्डअनुसार घरहरू बनेका छन् । ३२ वटा वडाहरूमध्ये ६ वटा वडा कार्यालयको आफ्नै भवन भएको र २ वटा निर्माणाधीन अवस्थामा छन् । हुलाकी सडक महानगर छोएर जाने भएकाले वीरगन्ज बाहेक अन्य स्थानमा पनि वस्ती तथा बजारको विकास प्रचुर मात्रामा हुने सम्भावना रहेको छ । नगर क्षेत्रमा नगर सभागृह, आदर्श नगर रंगशाला, स्वीमिङ पोखरी, बसपार्क, घडिअर्वा पोखरी, लक्ष्मनवा पार्कजस्ता संरचनाहरू छन ।

वडा नं २६ मा नमुना मुसहर वस्ती निर्माण गरिएको छ । महानगरमा गाभिएका ग्रामीण वडाहरूमा व्यवस्थित वस्ती तथा औद्योगिक क्षेत्र तोकेर व्यवस्थित वीरगन्ज शहरको निर्माण गर्न सकिने सम्भावना छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भई आएपछि सडक नाला लगायतका पूर्वधारको विकासले गति लिएको छ । नेपालको आर्थिक राजधानी र मधेस प्रदेशमा रहेको एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिका भित्र पछिल्लो चार वर्षमा सडक, नाला, विद्यलाय तथा सामुदायिक भवन र उद्यानजस्ता पूर्वाधारको विकासले गति लिएको छ ।

पछिल्लो पाच वर्षमा महानगरपालिकाले विभिन्न ३४ वटा भवन, एउटा झुलुङ्गे पूल र १२ वटा कल्भर्ट निर्माण गरेको छ । महानगरपालिकाले आफनो आन्तरिक स्रोत तथा संघ तथा प्रदेश सरकारको आर्थिक सहयोगमा विद्यलाय भवन, स्वस्थ्य चौकी, वर्थिङ सेन्टर, वडा कार्यालय भवन, सामुदायिक भवनहरू निर्माण सम्पन्न गरेको छ ।

महानगरपालिकालिकाका ग्रामिण वडाहरूमा सडक र नाला निर्माण भएपछि आवतजावतमा सहज भएको छ । महानगरपालिकाले वडा नं. २७ उदयपुरघुर्मीमा ३० लाख रुपैयाँको लागतमा पार्क निर्माण गरिरहेको छ ।

उदयपुरघुर्मीको तिलावे खोलाको तिरमा निर्माण हुन गइरहेको उद्यानले नजिकका २० भन्दा बढी गाउँका वासिन्दालाई प्रत्यक्ष रुपमा रमणीयस्थल प्रदान गर्नेछ । सडक, नाला जस्ता पूर्वधार निर्माण गर्न महानगरपालिकाले बढी ग्रामिण वडाहरूलाई प्राथमिकतामा राखेको छ ।

सुरक्षित आवास कार्यक्रमअन्तर्गत ३ सय ३२ वटा घरका कच्ची छानालाई  जस्ताको छानामा परिणत गरिएको छ । पछिला चार वर्षमा महानगरपालिकाले साना ठूला गरी करीब ५ सय परियोजना सञ्चालन गरेको छ । यसले वीरगञ्जको विकासमा नयाँ आयाम थपेको छ ।

पूर्वाधार विकासअन्तर्गत फोहोरमैला व्यवस्थापन केन्द्र र फोहोर पानी प्रशोधन केन्द्र निर्माण भएर सञ्चालनमा आइसकेको छ ।

Leave a Reply