भेडाहा खोलाको कारणले गर्दा वीरगञ्ज र खोला आसपासको बस्ती र खेत जलमग्न हुन्थ्यो । खोला नियन्त्रणका लागि ४१ करोडको टेन्डर भइसकेको छ । राष्ट्रिय योजना आयोगसंग महानगरले सहकार्य गरेर योजना ल्याएको हो ।
भेडाहा खोलाका कारण स्थानीय जनता त प्रभावित छन् नै वीरगन्ज पनि वर्षेनि डुवानमा पर्ने अवस्था छ । भेडाहाको पानी सिर्सिया खोलामा पसेर वीरगन्जमा डुबान हुन्छ । ग्रामीण क्षेत्रमा ५ वटा वडामा यो समस्या बढी थियो । यसका लागि ४१ करोडको योजना ल्याइएको छ । यो बहुवर्षीय योजना शुरू हुदैछ । भेडाहा खोलाको तल ४८ र माथि २२ फिटको बा“ध हुनेछ । २२ फिटमा ग्राभेल हालेर बाटोको रुपमा प्रयोग गर्ने योजना छ ।