You are currently viewing नेपाल प्रवेश द्वारको सौन्दर्यीकरण !

नेपाल प्रवेश द्वारको सौन्दर्यीकरण !

वीरगञ्ज रक्सौल नाकास्थित देशको प्रवेशद्वारको रुपमा परिचित शंकराचार्य गेटको सौन्दर्यीकरण गरिएको हो । संरक्षण र मर्मत संभार नहुदा गेटमा झार उम्रिसकेको थियो भने सिमाक्षेत्रमा फालिने फोहोरका कारण गेट परिसर दुर्गन्धितसमेत थियो । विगतमा डम्पिङ साईटको रुपमा रहेको शंकराचार्यद्वार सौन्दर्यीकरण गरेपछि अहिले सेल्फी स्पटको रुपमा परिणत भएको छ । विगतमा गेटमुनिसमेत सवारी ओहोरदोहोर गर्ने गरेकोमा त्यसलाई बन्द गरेर पार्क निर्माण गरिएको छ ।

विगतमा शंकराचार्य गेट क्षेत्रमा जथाभावी फोहोर फाल्ने गरिएको थियो । महानगरपालिकाले यसक्षेत्रको सौन्दर्यीकरण गर्दै गेटअगाडि राष्ट्रिय झण्डासमेत स्थापना गरिएको छ । विदेशबाट आउने पाहुनालाई स्वागत गर्न शंकराचार्यद्वारमा अंगे्रजी भाषाको डिजिटल बत्ती लगाइएको छ । आर्थिक नगरी एवम मुख्य प्रवेशद्वारको रुपमा रहेको वीरगन्जलाई राष्ट्रिय गौरव शहरको रुपमा चिनाउन महानगपालिकाले यसक्षेत्रको विकास गरेको छ ।

Leave a Reply