You are currently viewing नेपाल भोजपुरी प्रतिष्ठान गठन !

नेपाल भोजपुरी प्रतिष्ठान गठन !

भाषा संस्कृतिको संरक्षणलाई प्राथमिकतमा राखेर भोजपुरी बाहुल्य क्षेत्र भएकाले भोजपुरी भाषा संस्कृतिको संरक्षणका गर्न महानगरपालिका प्रतिष्ठान गठन गरी भवन निर्माणका लागि जग्गा  र रमक समेत उपलब्ध गराइसकिएको  । घण्टारचोक नजिकैको रेलवेरोडमा चार हजार बर्ग फिट जग्गा र त्यसमा अत्याधुनिक सुविधा सम्पन्न ४ तले भवन निर्माणको काम भइरहेको छ ।

भवनको भूई तला व्यवसायिक प्रयोजनमा भाडामा लगाउने, पहिलो तल्लामा आधा भागमा प्रतिष्ठानका पदाधिकारी कक्ष, विभिन्न विभाग र बैठक हल, दोस्रो तल्लामा ३ हजार ४ सय वर्गफिटको हल र तेस्रो तलामा नाट्य, संगीत, कलासम्बधि संरचना रहने, महानगरपालिकाको कामकाजमा भोजपुरी भाषालाई समावेश गर्दै विद्यालयमा समेत भोजपुरी पाठ्यक्रम लागू गर्ने योजना राखिएको छ ।

महानगरपालिकाले भोजपुरी प्रतिष्ठानका लागि ५० लाख रुपैयाँ छुट्ट्याएको छ । साहित्यकार उमाशंकर द्विवेदी संयोजकत्वको ९ सदस्यीय भोजपुरी प्रतिष्ठान वीरगन्ज गठन गरिएको छ । भोजपुरी भाषालाई सर्व स्वीकार्य, कामकजी भाषा बनाउन, विद्यालयमा पठनपाठन गराउन र कला, भाषा साहित्यको सम्बद्र्धनमा प्रतिष्ठानले काम गर्नेछ । भोजपुरी साहित्यको प्रवद्र्धनका लाथि साहित्कार पण्डित दीपनारायण मिश्रको स्मृतिमा १ लाख नगदसहितको अन्र्तराष्ट्रिय पुरस्कार स्थापना गरिएको छ । यसैवर्ष भोजपुरी प्रतिष्ठानले कार्यक्रममा भोजपुरी कला, भाषा, संस्कृति, साहित्यमा योगदान पु¥याएका व्यक्तित्वलाई पुरस्कार र सम्मान प्रदान गरिएको छ ।

Leave a Reply