You are currently viewing विद्यालय क्षेत्र सुधारः सामाजिक विकासको आधार  !

विद्यालय क्षेत्र सुधारः सामाजिक विकासको आधार !

निरन्तरको प्रयास पछि महानगर क्षेत्रका समुदायिक विद्यलयको शिक्षामा क्रमिक सुधार देखिएको छ । महानगरले सामुदायिक विद्यालयको स्तर सुधार र आपसमा गाभ्ने कामलाई अभियानकै रुपमा अघि बढाएको छ । कुनै बेला एक सय २० भन्दा बढी विद्यलाय सन्चालन हुने वीरगन्ज क्षेत्रमा अहिले यो संख्या ८९ वटामा सीमित भएको छ । वीरगन्ज महानगरपालिका क्षेत्रमा हाल नगर क्षेत्र हाल ११ वटा  सामुदायिक उच्चमावि छन् । अत्याधुनिक सुविधा सम्पन्न विद्याय भवन, विज्ञान प्रयोगशाला, लाइव्रेरी, इ(लाइव्रेरी, स्वच्छ खानेपानीको व्यवस्था, सुरक्षित शौचालय, खुला मैदानलगायत पूर्वधारमा सुधार आएपछि  २०७५ सालमा ३३ हजार ६ सय १५ जना विद्यार्थी अध्ययरत रहेका महानगरपालिकाको सामुदायिक विद्यलायमा हाल यो संख्या ३५ हजारभन्दा बढी पुगिसकेको छ । महानगरपालिकामा सञ्चालित मावि तथा उच्चमावि तहका विद्यालयमा छात्राका लागि निःशुल्क सेनेटरी प्याड, छात्राका लागि बेग्लै शौचालय र नर्सिङ्ग कक्षको व्यवस्था गरिएको छ ।

शुद्ध खाने पानी र शौचालय अभावका कारण विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न समस्या हुने गरेकोमा यसको राम्रो प्रबन्ध भएपछि अहिले विद्यार्थीहरू विद्यालयमा पूर्ण समय बस्ने गरेका छन् । पहिले टिफिनपछि विद्यार्थी घर जान्थे । महानगरपालिकाले वितरण गर्ने दिवा खाजाले गर्दा पनि विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न ठूलो मद्दत पुगेको छ ।

Leave a Reply