विजय कुमार सरावगीको संक्षिप्त जीवनी
शैक्षिक, सामाजीक तथा राजनैतिक यात्रा

व्यापारिक घरानामा जन्मिएर उद्योग व्यापारको लामो अनुभव सँगालेपछि समाज परिवर्तनको उत्कट अभिलासा बोकेर राजनीतिमा सक्रिय व्यक्तित्व हुन्, विजय कुमार सरावगी । बि.स. २०२४ भदौ २३ गते (सेप्टेम्बर ८, १९६७) मा पिता चिरञ्जीवीलाल सरावगी र माता पद्मादेवीका ज्येष्ठ सन्तानको रुपमा वीरगञ्जमा जन्मिएका सरावगीको बाल्यकाल आर्थिक तथा औद्योगिक शहर वीरगञ्जकै काखमा बित्यो । शुरू शिक्षादिक्षा वीरगञ्जबाटै पाएका उनी व्यवस्थापन विषयमा स्नातक गरेर पुस्तैनी उद्यममा प्रवेश गरे । कामप्रति उनको नयाँ शैली र सोचले व्यवसायलाई गतिमात्र दिएन, उनमा नेतृत्व क्षमता पनि प्रखर रुपमा विकास हुँदै गयो । उनी अहिले उदीयमान औद्योगिक तथा व्यापारिक घराना सरावगी ग्रुपको प्रबन्ध निर्देशक छन् । यस अलावा शिक्षा, स्वास्थ्य र वित्तीय संस्थाहरूमा उनको नेतृत्वदायी भूमिका छ । एसिया मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, एसियन लाइफ इन्सुरेन्स कम्पनी, ज्ञानदा एकेडेमीजस्ता सेवामूलक उद्यमहरू उनकै नेतृत्वका सफल उपक्रमहरू हुन् । विस २०७० सालतिर दलीय राजनीतिमा सक्रिय भएका सरावगी विद्यार्थीकालदेखि नै राजनीतिमा आवद्ध हुँदै आएका थिए ।

व्यापारिक घरानामा जन्मिएर उद्योग व्यापारको लामो अनुभव सँगालेपछि समाज परिवर्तनको उत्कट अभिलासा बोकेर राजनीतिमा सक्रिय व्यक्तित्व हुन्, विजयकुमार सरावगी । बि.स. २०२४ भदौ २३ गते (सेप्टेम्बर ८, १९६७) मा पिता चिरञ्जीवीलाल सरावगी र माता पद्मादेवीका ज्येष्ठ सन्तानको रुपमा वीरगञ्जमा जन्मिएका सरावगीको बाल्यकाल आर्थिक तथा औद्योगिक शहर वीरगञ्जकै काखमा बित्यो । शुरू शिक्षादिक्षा वीरगञ्जबाटै पाएका उनी व्यवस्थापन विषयमा स्नातक गरेर पुस्तैनी उद्यममा प्रवेश गरे ।
कामप्रति उनको नयाँ शैली र सोचले व्यवसायलाई गतिमात्र दिएन, उनमा नेतृत्व क्षमता पनि प्रखर रुपमा विकास हुँदै गयो । उनी अहिले उदीयमान औद्योगिक तथा व्यापारिक घराना सरावगी ग्रुपको प्रबन्ध निर्देशक छन् । यस अलावा शिक्षा, स्वास्थ्य र वित्तीय संस्थाहरूमा उनको नेतृत्वदायी भूमिका छ । एसिया मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, एसियन लाइफ इन्सुरेन्स कम्पनी, ज्ञानदा एकेडेमीजस्ता सेवामूलक उद्यमहरू उनकै नेतृत्वका सफल उपक्रमहरू हुन् । विस २०७० सालतिर दलीय राजनीतिमा सक्रिय भएका सरावगी विद्यार्थीकालदेखि नै राजनीतिमा आवद्ध हुँदै आएका थिए ।अन्तरनिहित व्यवस्थापकीय दक्षता र नेतृत्व क्षमताकै कारण उनले उद्योग व्यापारमात्र होइन, निजीक्षेत्रका अग्रणी संस्था हुँदै मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्जको नेतृत्व गर्न सक्षम भए । आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको उद्देश्यबाट ओतप्रोत सरावगीले विगतमा बारा र पर्सा जिल्लाका उद्यमी व्यापारीहरूको वर्गीय सस्था वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षको रुपमा नेतृत्व प्रदान गरे । संघको संस्थागत विकास र उद्यम व्यापारको हितका सन्दर्भमा उनको नेतृत्व अविस्मरणीय छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघलाई कुशल अगुवाई गरेका सरावगी यतिमै रोकिएनन्, समग्र उद्योगी व्यापारीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा ३ कार्यकाल कार्यकारिणी सदस्यको भूमिकामा रहे । महासंघमा व्यापार समितिको सहसंयोजक रहेर नेतृत्व गरेका सरावगी नेपाल–भारत मानव विकास तथा मैत्री संगठनमा उद्योग र व्यापार विभागका संयोजक हुन् । देश संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै बि.स. २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरको प्रमुखमा निर्वाचन लड्दै पूर्णकालीन राजनीतिमा होमिएका सरावगी एक कुशल नेतृत्वकर्ताको रुपमा स्थापित छन् ।
उद्यम व्यापार र निजीक्षेत्रका संस्था हाँक्दा प्राप्त व्यवस्थापकीय अनुभवले उनलाई राजनीतिक सरोकारहरूको सम्बोधनलाई सहज बनायो । उद्यम व्यापारका क्षेत्रमा पाएको दक्षताले सरावगीलाई जनताका आवश्यकता र त्यसको परिपूर्तिको उपाय पहिल्याउन सघाउ पुगेको छ । परिणाम, सीमित स्रोत साधनमा खुम्चिएको वीरगञ्ज महानगरलाई विकासको बाटोमा सफलतापूर्वक अघि बढाउन उनी सक्षम भएका छन् । कोरोना महामारीबाट जनजीवन आक्रान्त बनिरहँदा सरावगीको यही व्यवस्थापकीय शैलीमा आधारित रहेर सीमान्त शहर वीरगञ्जले महामारी नियन्त्रणमा अपनाएको मोडेल देशकै लागि उदाहरणीय बन्न पुगेको थियो । दक्ष व्यवस्थापक हुँदै कुशल राजनीतिज्ञको छवि बनाएका सरावगी सामाज सेवामा पनि उत्तिनै सक्रिय व्यक्ति हुन् । विगत २५ वर्षभन्दा लामो समयदेखि विभिन्न सामाजिक सरोकारका संघसंस्थामार्फत समाज सेवाका अयामहरूमा सक्रिय छन् । नेपाल रेडक्रस सोसाइटी, मारवाडी सेवा ट्रष्ट, मारवाडी युवा मञ्च, लायन्स क्लव अफ वीरगञ्ज गेटवेलगायतका संस्थामार्फत समाजिक सेवाको नेतृत्व लिएका उनी विश्व गायत्री परिवार नेपालको संयोजक र वीरगञ्ज योग विज्ञान शिविर पतञ्जलीको संयोजक एवम् पतञ्जली योगपिठ हरिद्वार, भारतको कर्पोरेट सदस्यको रुपमा संस्कृति, अध्यात्म तथा योगमार्फत निरोग अभियानमा अविछिन्न लागाव राख्दछन् ।
स्थानीय भाषा संस्कृति र सञ्चारमाध्यमको प्रवद्र्धनलाई प्राथमिकताको अग्रभागमा राख्ने सरावगी एक समय स्थानीय सामुदायिक रेडियो नारायणी एफएमका अध्यक्ष पनि थिए । उनकै नेतृत्वमा वीरगञ्ज महानगरले भोजपुरी भाषाको संरक्षण र सञ्चारमाध्यमको प्रवद्र्धनका लागि कानून ल्याउने नेपालमै पहिलो स्थानीय सरकारको रुपमा आफूलाई दर्ज गराएको छ । सामाजिक विकासलाई भौतिक विकासको आधार मान्ने सरावगी वीरगञ्जको स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारलाई विशेष जिम्मेवारी ठान्दछन् । वीरगञ्जको नृसिंह मावि र सिद्धार्थ माविको व्यवस्थापनको नेतृत्वमा रहेर भौतिक स्तरोन्नतिमा उल्लेख्य काम गरेका उनले वीरगञ्जका सामुदायिक विद्यालयको समग्र शैक्षिक अवस्था सुधारमा प्रशंसनीय काम गरेका छन् । व्यावसायिक र राजनीतिक गतिबिधिका क्रममा १ दर्जन देशको भ्रमण गरेका सरावगी ती देशका विकास मोडेललाई वीरगञ्जको विकासमा सापेक्ष रुपान्तरणको सपना देख्छन्, त्यसलाई साकार पार्न मरिमेट्छन् । सारमा सरावगी उद्यम व्यापारबाट सक्रिय राजनीतिमा प्रवेश गरेर छोटो समयमै उच्च राजनीतिक हैसियत बनाएका यस्ता नेता हुन्, जो वीरगञ्ज र समग्र देशको समृद्धि र सुखलाई नै जीवनको अभीष्ट मानिरहेका छन् ।
जीवनका घटनाक्रमहरु
शैक्षिक, सामाजीक तथा राजनैतिक यात्रा