विकासका कामहरु
विगत तथा वर्तमानमा भएका
-
वीरगञ्जको शंकरचार्य प्रवेशद्वारमा हेल्थ डेक्सको स्थापना
-
महानगरपालिकाले १२ देखी १७ वर्ष उम्मेर समुहका ५३ प्रतिशत युवा युवतीहरूलाई र १८ वर्ष देखि माथिका ५६ प्रतिशत नागरिकलाई पूर्ण खोप दिन सफल
-
वीरगञ्जमा रहेको ३४ वटा खोपकेन्द्रको संख्यालाई वृद्धि गरी ४९ वटा खोपकेन्द्रबाट खोपसेवा उपलब्ध
-
महानगरपालिका भित्र रहेका २ वर्ष मुनीका कुपोषित वालवालिकाका लागि महानगरपालिकाले निजी श्रोतबाट नै पोषण युक्त खाद्य समाग्री वितरण
-
आधारभूत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीबाट प्रदान गरिने, नियमित खोप, प्रसुती सेवा, स्वास्थ्य उपचार लगायतका सेवामा सुधार गरिएको
-
सबै वालिकालकालाई विभिन्न १३ प्रकारकारको रोगबाट जोगाउन १२ प्रकारको खोप वितरण गरी देशकै पहिलो पूर्ण खोप युक्त महानगरपालिका समेत घोषणा
-
महानगरपालिका भित्र २४ वाट केन्द्र संचालित रहेकोमा ३२ वटै वडामा केन्द्र स्थापाना गरी सबै बालबालिकालाई पोषण कार्यक्रमम्मा सहभागि गराइएको
-
महिलाको स्वास्थ्यसँग जोडिएका विभिन्न रोगको उपचारका लागि “मेयर स्वास्थ्य” कार्यक्रमअन्र्तगत कार्यक्रम सञ्चालन
-
महानगरका र महानगरको छिमेकका अन्य पालिकाका हजारौं नागरिकको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।
-
जोखिममा रहेका वालवालिकालाई महानगरपालिकाले निर्धारण गरेको विभिन्न तीन वटा केन्द्र मार्फत ४५ दिन सम्मको उचित उपचार पछि समान्य अवस्थामा फर्काइएको छ । यसका लागि वीरगञ्ज महानगरपालिकाले आप्mनो निजी श्रोतबाट एक करोड ५० लाख रुपैया खर्च गरेको छ ।
-
समान्य तथा जोखिममा देखिएका वालवालिकाका अभिभावकलाई उचित परामर्श र महानगरपालिकाबाट उपलब्ध गराइएको सर्वोत्म पिठो वितरण
-
महानगर क्षेत्रभित्र २०० कि.मी. कालोपत्रे सडक, १२० कि.मी. ग्राभेल सडक निर्माण सम्पन्न भएको छ । भने कच्ची सडक १९५ किमी रहेको छ । सबै वडाहरू सडक सञ्जालले छोएको छ । नगरमा १० वटा पक्की र ४ वटा झोलुङ्गे पुल रहेका छन् । करीब ८० किमी सडकमा नालाको व्यवस्था गरिएको छ ।